…. रोयल स्ट्याग १६ पेग ।
चार पेग त्यो आमा बाबाको नाममा जसको म असल छोरा हुन सकिन , चार पेग त्यो गुरुको नाममा जसको म उदारणिय चेला बन्न सकिन , चार पेग त्यो उनको लागि जसको नजरमा सायद म लायक थिईन अनि अन्तिमको यो चार पेग त्यो सबै मित्रहरुको लागि जो कहिले मेरो मित्र थिएनन् ।
उसै त मैले रक्सी पहिलो पटक खादै थिईन तर यो आजको दिन केहि खास छ बैशाख १५ म जन्मिएको दिन ।
मेरो जन्म एक मध्यम परिवारमा भएको थियो , परिवार मध्यम थियो र मेरो जन्म एक नयाँ खुशी नयाँ उमङ्ग र सायद थुप्रै आशा र बढ्दै गएको उमेरसँग भरोसा पनि एक संसार जित्ने । त्यो संसार जहाँ पराईले भन्दा आफ्नाले हराउने ज्यादा प्रयास गर्दा रहेछन् , त्यो संसार जहाँ अङ्गालोमा बाँधी पिठमा छुरा खोप्ने गर्छन् , त्यो संसार जहाँ स्वार्थले आफ्नो बनाईन्छ अनि स्वार्थ पुरा हुँदा एक जोरदार थप्पड हानिन्छ गालामा ।
समय पनि त केहि त्यस्तै हुँदो रहेछ , सब थोक राम्रो छ भने साथ दिने होईन भने बिपरित नै चल्ने । भनौ भने दोष समयको पनि होईन न त यो संसारको..संसारको नियम त सायद यस्तै नै हुन्छ या भनौँ म नै चल्न सकिन ।
भन्नु पर्दा दोष सबै भाग्यको हुनु पर्छ जो म जन्मिनुको या हरेक मनुष्यको जन्मनुको छैठो दिन लेखिने गरिन्छ हिन्दू धर्मको नियमावली अनुशार । मेरो त्यो छैठौँ दिन मै सबथोक लेखिएको थियो त्यहाँ देखी हरेक सफर देखी लिएर मेरो अन्त्य मृत्यु सम्म , मेरो भाग्यमा सायद कालो पोतिएको थियो त्यो रात ।
आज यो मेरो अन्तिम घुंट सँगै मेरो ढुकढुकी रोकिने छ जो केवल उनको यादहरुले धड्किने गरेको छ ।
यो शुन्य मन खरानी हुने छ जसमा मेरो परिवार र उनको एक भिन्दै ज्योती छ । मेरो यो सांस रोकिने छ जो केवल उनको सुगंधले चल्ने गरेको छ ।
मेरो जिन्दगीको अन्तिम दिन आज ,
मेरो जिन्दगीको अन्तिम घडी आज भनौ मेरो जिन्दगीको अन्तिम पल आज ।
म नियाल्दै छु त्यो डोरी सायद मोटाई ४ ईन्छ होला र लम्बाई सायद ३ मिटर ।
म नियादै छु त्यो रुख जमुनाको जहाँ प्राय उनी र म भेट्ने गर्थ्यौ र उनी भन्ने गर्थिन " हामिले घर बनायौ भने त्यहाँ एउटा जमुनाको रुख रोप्नु पर्छ ल " र म मुस्कुराउदै उनको निधार चुम्दै भन्ने गर्थे " हस " , करीब २० मिटर अग्लो र त्यो चुनिएको हाँगा जस्लाई अन्तिम पटक
म अङ्गाल्नेछु आज ।
आज म आफ्नो आँखा बन्द गर्दै छु फेरी नखोल्ने गरी
आज म जाँदै छु यो संसार छोडी फेरी नफर्कने गरी
यहाँ यो संसार जित्ने हरुको लागि मात्र रहेछ र d…d त सब थोक
हारेको एक व्यक्ती ।
म एक बिशाल बृक्षको बर्षौ पहिले टुटेको एक हाँगा थिए जो आज गलिएर नष्ट हुँदैछु , गर्दै छु सधैलाई " अल्बिदा " ।
अल्बिदा स्वेक्षाले आफ्नो हत्या गर्दैछु आफ्नै आत्माको स्विकृती लिई जसलाई यो संसारले आत्महत्या भन्छ
… अल्वीदा ।
No comments:
Post a Comment